झण्डै तीन महिनापछि बागमती प्रदेशसभा बैठक पुनः आह्वान


काठमाडौं – बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।

करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन ।

प्रतिक्रिया