

नेपाली कांग्रेस पदाधिकारी अनाैपचारिक बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेस पदाधिकारीको अनाैपचारिक बैठक आज बुधबार बस्दैछ ।
बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।
बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।

