रुपन्देहीमा भूमिहीनलाई लालपुुर्जा वितरण


रूपन्देही – रुपन्देहीको ओमसतीया गाउँपालिका–२ करबलाका भूमिहीनलाई जग्गाधनी लालपुुर्जा वितरण गरिएको छ । लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई आज एक कार्यक्रमका बीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले लालपुुर्जा वितरण गरे ।

नेता खाँणले यसपटक छुुटेका अन्य भूमिहीनलाई छिट्टै लालपुुर्जा वितरणका लागि पहल गरिने बताए । भूमिहिनको विवरण सङ्कलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए । जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ ।

प्रतिक्रिया