बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान–श्रीमतीको मृत्यु


चितवन – चितवनको रत्ननगरमा बसको ठक्करबाट श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।

बुधबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका २ घर भएका ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीय मिनतारा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरु चढेको बागमती प्रदेश ०३–००२–१८९५ नम्बरको मोटरसाइकललाई सो बसले ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया