


धरानको होटलमा मृतावस्थामा महिला फेला, २ दिनदेखि सँगै बसेका पुरुष फरार

धरान – सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका वडा नं. १८ स्थित बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा करिब ३०/३५ वर्षीया महिलाको शव फेला परेको हो ।
दुईदिनदेखि उक्त होटलमा बसेकी ती महिलाको कोठामा होटलका कर्मचारी सफा गर्न जाँदा मृत अवस्थामा फेला परेकी थिइन् । ती महिलासँगै बसेका पुरुष भने फरार रहेको प्रहरीले जनाएको छ ।
ती महिलाको शरीरमा चोटपटक रहेको र सँगै रहेका पुरुष फरार रहेकाले उनको हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको समेत जनाए ।

