चितुवाको छालासहित तीन जना पक्राउ


नेपालगन्ज – बाँकेको इलाका प्रहरी कोहलपुरले बैजनाथ गाउँपालिकाबाट चितुवाको छालासिहत आइतबार तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कायालय, कोहपुरका इन्चार्ज डिएसपी रवीन्द्र खनालका अनुसार बैजनाथ गाउँपालिका वडा नम्बर ५ बाट चितुवाको छालासहित बैजनाथ गाउँपालिकाका यमबहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको हो ।

चितुवाको छाला साथमा राखेर हिँडिरहेका उनीहरुलाई शंका लागेर जाँच गरेको इन्चार्ज खनाले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुर नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया