भौतिक कारवाहीको धम्कीसहित चन्दा माग्ने विप्लव कार्यकर्ता पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले प्रतिबन्धित विप्लव समूहका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशि गाउँपालिका–४ घरभइ काठमाडौंको बनस्थलि बस्ने ४३ वर्षका पुर्ण बहादुर श्रेष्ठ, ओखलढुङगा चम्पादेबि गाउँपालिका—१० घरभइ ललितपुर ईमाडोल बस्ने ४१ वर्षका नारन बहादुर तोलाङ्गी र दोलखाको भिमेश्वर नगरपालिका–६ घरभइ काठमाडौंको स्वयम्भु बस्ने ३५ वर्षका सरोज प्रसाद ‍न्यौपाने रहेका छन् ।

उनीहरूले काठमाडौं उपत्यका लगायत बिभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी धम्कि दिँदै चन्दा माग्ने गरेका थिए ।

महाशाखाका अनुसार उनीहरूले विप्लव समूहको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाडौं जिल्ला समितिका अध्यक्ष, काठमाडौं जिल्ला सदस्य र गणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिको केन्द्रिय सदस्य हुँ भनि चन्दा माग गर्ने र भौतिक कारवाही समेत गर्ने भनी ब्यवसायीहरुको कार्यालय तथा घरमा गई जबरजस्ती रकम माग्ने गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया