

सर्तै सर्तले बेरिएको अनुदान एक खरब डलर दिएपनि चाहिँदैन : नेता खनाल

काडमाडौं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सर्तै सर्तले बेरिएको अनुदान स्विकार गर्न नहुने बताएका छन् ।
आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले अमेरिकी सहयता परियोजना एमसीसी सर्तै सर्तले बेरिएको बताउँदै नेपालले स्विकार गर्न नहुने बताएका हुन् । उनले भने ‘सर्तै सर्तले बेरिएको अनुदान एक खरब डलर दिएपनि चाहिँदैन ।’
नेपालको स्वाभीमानलाई तलमाथि पारेर दिएको सहयोग नलिने पनि खनालले बताए । सम्मान गरेर दिएको मुलुकको स्वाधीनताको रक्षा हुने भए जतिसुकै सहयोग रकम लिने उनको भनाइ छ ।

