पल शाहलाई अदालत उपस्थित गराइँदै


काठमाडौं – एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाएपछि पक्राउ परेका अभिनेता पल शाहलाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीका अनुसार शाहलाई अदालतबाट म्याद थप गरेर नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपबारे थप अनुसन्धान हुनेछ।

उनले भने, ‘प्रहरी टोलीले नियन्त्रणमा लिएर शाहमाथि सोधपुछ गरिरहेको छ। सकेसम्म आज नै अदालत उपस्थित गराउने तयारीका साथ काम भइरहेको छ।’

पल शाह आफैं जिल्ला प्रहरी कार्यालय, तनुहँमा उपस्थित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया