एमसीसीको विरोधमा ८ वाम घटकले आज काठमाडौंमा प्रदर्शन गर्ने


काठमाडौँ – अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आज (आइतबार) ८ वटा वाम घटकले राजधानी काठमाडौंमा प्रदर्शन गर्दैछन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा ९मसाल०, ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकीको नेकपा ९माओवादी केन्द्र० लगायतले प्रदेर्शन गर्न लागेका हुन्।

सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्ने तयारी अघि बढाएपछि साना बाम घटकहरुले चरणबद्ध रुपमा संघर्षका कार्यक्रम अघि बढाएका छन्। एमसीसी सम्झौताको विरोधमा उनीहरुले यही फागुन ४ गते नेपाल बन्द आह्वान गरेका थिए।

प्रतिक्रिया