आज यस्तो रहनेछ देशभरको मौसम


काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भू-भागका केही स्थान हल्का हिमपात हुने बताइएको छ।

आइतबार बिहान गन्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। दिउँसो बागमती‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थामा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया