भीरबाट लडेर महिलाको मृत्यु


जनकपुरधाम – सर्लाहीमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १४ योन्जन टोल निवासी शम्शेर तामांगकी ५५ बर्षीया श्रीमती मुसंगमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार घर नजिकैको भीरबाट खसेर उनी घाइते भएकी थिइन् । उपचारका लागि लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको गिरीले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङवामा राखिएको छ ।

प्रतिक्रिया