सेञ्चुरी बैंकद्धारा थप दुई नयाँ शाखा विस्तार


काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ । बैंकको कुल शाखा संख्या १२८ पुगेको छ । बैंकले उक्त शाखासंगै १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया