संसदभित्र एमसीसी, बाहिर प्रदर्शनः अहिले कस्तो छ त बानेश्वर क्षेत्र?


काठमाडौं – प्रतिनिधिसभाको बैठकमा एमसिसीबारे छलफल हुँदैछ। संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भइसकेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाएकोमा केही बेर ढिला संसद बैठक सुरु भएको जनाइएको छ । आज सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ।

एमसीसी संसदबाट पारित हुन नहुने भन्दै यसको विपक्षमा रहेका दलका कार्यकर्ता विरोधमा छन्। अहिलेको मिनभवनदेखि बिजुली बजारसम्म एमसिसीविरुद्ध नाराबाजी र प्रदर्शन चलिरहेको छ । सडक पूर्णरूपमा अवरूद्ध छ । फलामको बारभित्र सुरक्षाकर्मी र बाहिर प्रदर्शनकारी रहेका छन् ।

संसदको बैठकमा एमसिसीबारे छलफल चलिरहेको बेला यस्तो छ बाहिरको ताजा अवस्था । अहिले बानेश्वर क्षेत्रमा साढे २ हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।

तस्बिरहरूः निरन पाण्डे/अनलाइनन्यूज७

प्रतिक्रिया