
६ करोड ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं – ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका ३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका १६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे छन् ।
निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका संचालकहरुले हिनामिना गरी आफूखुसी सहकारीको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले प्रक्राउ गरेको हो । सुरजलाई काठमाडौं अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो ।



कागजपत्र |
