खैरो हिरोइनसहित कैलालीबाट दुई जना पक्राउ


धनगढी  – कैलालीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय वीरेन्द्र बिष्ट र २८ वर्षिय राजु सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा बिष्टको घर खानतलासी गर्दा उनीहरू दुवै जना बिक्री वितरणका लागि लागुऔषध (खैरो हिरोइन)को पोका बनाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट पोका पारिएको प्लाष्टिक, धागोसहित १२ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन बरामद गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया