विश्वकप छनोटः आज फिलिपिन्ससँग खेल्दै नेपाल


काठमाडाैँ – आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत शनिबार नेपालले फिलिपिन्सको सामना गर्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे यो खेल सुरु हुनेछ।

यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो।यससँगै नेपालले सेमिफाइनमा पुग्ने सम्भावना बलियो बनाएको छ।शुक्रबारै भएको अर्को खेलमा फिलिपिन्स भने क्यानडासँग ११८ रनले पराजित भएको थियो।  समूहमा रहेका चारमध्ये २ टोली सेमिफाइनलमा पुग्नेछन् भने सेमिफाइनलमा जित हात पार्ने टोली विश्वकपका लागि छनोट हुनेछ।

प्रतिक्रिया