एमसीसीबारे धारणा बनाउन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं – सत्ता घटक नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । एमसीसी र सत्ता गठबन्धनको भविष्यका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको हो । यी विषयमा आज पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने एक नेताले बताएका छन् ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद उत्पन्न भएपछि आजको बैठक बोलाइएको हो । नेपाली कांग्रेसबाहेक गठबन्धनका सबै दल एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् । एमसीसीका कारण गठबन्धन नै धरापमा पर्न थालेपछि बीचको बाटो निकाल्न नेकपा समाजवादी पार्टीको नेतृत्वमाथि तीव्र दबाब परेको छ ।

प्रतिक्रिया