

प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ –आज (शुक्रबार) प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल गर्न सभामखु अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न लागेका हुन्। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।
त्यसो त संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यक्रम बिहीबार नै सार्वजनिक गरिसकेको छ, जसमा एमसीसी उल्लेख छैन। तर कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची हेरफेर पनि गर्न सक्छ।

