

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज क्यालिब्रेसन फ्लाइट

सिद्धार्थनगर – भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आज क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) हुँदै छ । त्यसका लागि बिहीबार एरो थाई जहाज भैरहवा ल्यान्ड भइसकेको छ । उक्त जहाजले शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु गर्नेछ ।
विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।

