नक्कली नोटसहित चार जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।

राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका-३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका-६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया