मोटी सुन्दरीहरुका लागि ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिता


काठमाडौं – मोटी युवतीहरुलाई लक्षित गरी आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्ग्स नेपालले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिएको छ ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान आयोजकले राखेका छन् । यही मंसिर २५ गते मोडल सङ्ग्स नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउनेछन् । उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया