बन्दका कारण दाङको जनजीवन प्रभावित, दुईजना पक्राउ


दाङ – दाङमा बन्द गराउँदै हिँडेका २ जना बन्दकर्ता पक्राउ परेका छन्। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न खटिएका दुई जनालाई प्रहरीले राप्ती गाउँपालिका–२ लालमटीयाबाट पक्राउ गरेको हो।

प्रहरीले स्कटिङ गर्ने क्रममा राजमार्ग अवरुद्ध गर्न खटिएका दुई जना बन्दकर्तालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्टले जानकारी दिए। प्रहरीले बल प्रयोग गरेर अवरोध खुलाएको थियो।

पक्राउ पर्नेमा सोही पार्टीका राप्ती गाउँपालिका वडा नम्बर–३ का सेक्रेटरी अशोक चौधरी र अखिल क्रान्तिकारीका विद्यार्थी नेता मनोज केसी रहेका छन्।

एमसिसीको विरोधमा आह्वान गरिएको नेपाल बन्दका कारण पूर्वपश्चिम राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यमा पु¥याउन प्रहरीले स्कटिङ सुरु गरेको छ।

पूर्वबाट पश्चिम जानका लागि भालुवाङ आइपुगेका बस, ट्रकलगायतका ७० बढी सवारीसाधनलाई गन्तव्यमा पु¥याउन स्कटिङ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। सुरक्षा व्यवस्था भने कडा पारिएको छ। सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालित भएका छन। बन्दकर्ताले तोडफोड नगरुन् भनेर सडकमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी काफ्लेले बताए।

विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चाद्वारा आह्वान गरेको नेपाल बन्दको प्रभाव जिल्लाको घोराही, तुलसीपुर, लमहि, भालुवाङमा बिहानैदेखि परेको छ। मुख्य राजमार्गहरु बिहानैदेखि सुनसान छन्।

बसपार्क पनि सुनसान छ भने लामोदेखि छोटो दुरीका सवारीसाधन ठप्प छन्। बन्दका कारण शिक्षण संस्था पनि खुल्न सकेका छैन।

प्रतिक्रिया