

भारतीय गायक एवं संगीतकार बप्पी लाहिरीको निधन

नयाँदिल्ली – भारतीय गायक एवं संगीतकार बप्पी लाहिरीको मृत्यु भएको छ । मुम्बईको एक अस्पतालमा बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको जनाइएको छ ।
बप्पीको छातिमा इन्फेक्सन भएका कारण जुहूस्थित क्रिटिकेयर अस्पतालमा २९ दिनसम्म उपचार गरिएपनि मंगलबारमात्र डिस्चार्ज गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनको स्वास्थ्य बिग्रिएपछि पुनः अस्पताल लगिए पनि मध्यरातमा उनको निधन भएको जनाइएको छ ।
केहीसमयदेखि बिरामी रहेका बप्पीमा कोरोनाको सामान्य लक्षण देखिएको थियो ।
बप्पीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संगीतका सर्वाङ्गीण बप्पीको निधनले आफू मर्माहत भएको बताएका छन् ।

