मोबाइल बिग्रिएको निहुँमा श्रीमतीको हत्या


झापा – भद्रपुरमा मोबाइल फोन बिग्रिएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

तामाङले आफ्नै घरमा ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई सोमबार बिहान हत्या गरेका हुन्। प्रहरीका अनुसार मोबाइल फोन बिग्रेको निहुँमा उनीहरूबीच झगडा भएको थियो।

झगडाको क्रममा श्रीमानले श्रीमतीको घाँटीमा चक्कु र शरीरमा ढुङ्गा प्रहार गरी हत्या गरेको डिएसपी पाठकले जानकारी दिए। घटना भएलगत्तै सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर तामालाई पक्राउ गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ।

प्रतिक्रिया