सिएरा लिओनमा इन्धन ट्याङ्कर विष्फोट अपडेटः ९९ काे मृत्यु, १०० जनाभन्दा धेरै घाइते


काठमाडौं – पश्चिम अफ्रिकी देश सिएरा लिओनमा इन्धन ट्याङ्कर विष्फोट हुँदा मृत्यु हुनेको संख्या ९९ पुगेको छ । सिएरा लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्य दर्नजौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

शनिबार साँझसम्म घाइते १०० जनाभन्दा धेरैको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या धेरै रहेकाले अझै मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

बीबीसीकाअनुसार सहरको एक व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विष्फोट भएको हो । यात्रुवाहक बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । आगोको मुस्लोले नजिकैका पसलहरू प्रभावित बनेका छन् । राष्ट्रिय विपद् व्यवस्थापनका प्रमुख ब्रिमा बुरेले आफूले अहिलेसम्मकै भयानक दृष्य देखेको बताएका छन् ।

प्रतिक्रिया