

त्यो एउटा प्रेम

प्रेम भावनाले भरिएको त्यो एक शब्द जसमा सारा ब्रमाण्ड समाहित छ । प्रेम बिना न तिमी रहन्छौ न यो संसार । प्रेम त्यो अदृश्य शक्ति हो जसको आभाषमात्रले पनि संसार जित्ने आँट गर्छन् मान्छे । प्रेम त्यो विज हो जसलाई प्राप्त गर्दा हर कसैको मन आनन्दित मात्र हुँदैन उत्साह र उमंगका कोपिलाहरु पलाउछ । त्यो प्रेम नै हो जस्ले संसारलाई हेर्ने नजरलाई प्रभावीत गर्छ । प्रेम रहेक व्यक्तिको विचार अवस्था र आवश्यकता अनुसारको रुपमा देखा पर्छ । तर प्रेमको स्वरुप सधै एउटै हुन्छ ।
त्यो प्रेम जसलाई आजसम्म कुनैपनि बैज्ञानिकले परिभाषित गर्न सकेको छैन । केवल आफ्नो अनुकुलता र आफ्नो दृष्टिका आधारमा बयान गरिन्छ । यसको न रुप हुन्छ, न आयु नत कुनै सिमाना । हेर्दा लाग्छ पानी जस्तै हो प्रेम भाँडो अनुसारको आकार, फेरी लाग्छ हावा हो प्रेम स्वरुपमा छैन तर अपरिहार्य छ । जस्को बिना जिवित रहँदैन सायद । साँच्चै हावा नै हो प्रेम न लिएको देखिने न फ्याँकेको देखिने तर निरन्तर चलिरहेको छ ।
आज भोली सुनिन्छ म त कसैलाई प्रेम नै गर्दिन, त्यो आफु स्वयम अन्जान छ कि कतिबेला कस्लाई र किन प्रेम गरे भन्ने । प्रेम विचार गरेर हुदैन । तिमी एउटा ढुङगा हातमा लेउ र केही समय हातमा खेलाउ अब त्यो ढुङगा फाल त्यो ढुङगा फाल्ने बेला तिमी सोच्छौ यो ढुङगा कति राम्रो कता कता भगवानको मुर्ति जस्तै हो तेहि हो प्रेम । त्यसैले त होला सबै प्रेमगुरु र दार्शनिकहरुले आ आफ्नै तरिकाले परिभाषित गर्दै आएका छन् । भनिन्छ, जीवनमा सबै कुराको अन्त्य सम्भव छ तर प्रेमको अन्त्य कहिले सम्भव छैन । प्रेमले नै यो सन्सार चलेको छ ।
अरुले आफुलाई प्रेम गरेन भनेर पीडित हुनु मिथ्या प्रेम हो । प्रेमको बदला प्रेम नै खोज्नु पनि बेक्कारको प्रेम हो । प्रेम माग्नु तर प्रेम नदिनु पनि मिथ्या प्रेम हो । प्रेम लिने कुरा होइन दिने कुरा हो । प्रेमको बदला प्रेम माग्नु भनेको व्यापार हो ।
आफूलाई कमजोर र दुःखी महसुस भएको बेला कसैको साथ र सहानुभूति पाउनु पनि प्रेम हो । धेरै दिन देखिको भोकले छट्पटाइरहेको व्यक्तिको भोजन हो प्रेम । प्रेम जीवन बाच्ने आधार हो । प्रेम जीवन मात्र होइन प्रेम जीवन दर्शन हो । प्रेम सम्मान हो । प्रेम तपस्या हो । प्रेम त्याग पनि हो र प्रेम हृदयबाट आउने एउटा मिठो अनि कोमल अनुभूती पनि हो । आर्थिक रुपमा सम्पन्न हुनु भौतिक सुख सविधा दिनु प्रेम भन्छन् । तर मनको सन्त’ष्टि हो प्रेम । त्यसैले त भनिन्छ नि, प्रेम नै सबै थोक हो ।
प्रेम एउटा यस्तो चिज हो जसले हरेकको जीवनका पाइलाहरु अझै एक कदम अगाडी बढाउन प्रेरित गर्छ । जीवनलाई एउटा फूल मान्नेले प्रेम त्यसको सुगन्ध हो भन्छन् । प्रेमविनाको जीवन सुगन्धरहित फुल हो जसलाई हर कोहीले स्विकार्न मन गर्दैनन् ।
फुलले प्रशंसाका लागि कहिले सुगन्ध दिंदैन सुगन्ध छर्नु फुलको स्वभाव हो । त्यसैले मेरो विचारमा जीवन फुल हो भने प्रेम गर्नु स्वभाव हो । प्रेममा स्वार्थ, लालच, दवाव र कसैको प्रभाव आवश्यक छैन । कसैले मागोस् वा नमागोस् । कसैले प्रेम देओस् वा नदेओस् । कसैले आफ्नो मायाको कदर गरोस् वा नगरोस् । कसैले चाहोस् वा नचाहोस् तर आफूले गर्ने प्रेम सधै निरन्तर हुन जरुरी छ । किनकी प्रेम केवल प्रेम हो । कोमल हृदयबाट आउने प्रेमलाई हर कोहीले नचाहँदैमा वा रोक्न खोज्दैमा रोक्न सकिन्न । प्रेम त निरन्तर प्रवाह भैरहन्छ । आफ्नो हृदयमा बसेको मान्छेसँग । त्यो पनि विना सर्तमा ।
आँखा नदेख्ने मेरो हजुरबुबाका लागि प्रेम आँखा हो । पोहोर मात्र दुर्घटनामा परि आफ्नो खुट्टा गुमाउनु भएको पल्ला घरे दाईका लागि प्रेम खुट्टा हो ।
प्रेम त्यो चिज हो जुन एउटा सिङ्गो रुखले जरालाई गर्छ । प्रेम त्यो चिज हो जुन चराले आफ्नो गुडसँग गर्छ । प्रेम त्यो पनि हो दिनभरी अरुको भारी बोकेर आफ्नो जिविकोपार्जन गर्ने भरियाले साँझ आफ्नो नाम्लोलाई सुम्सुमाएर जतनसँग राख्छ त्यो हो प्रेम । प्रेम त्यो पनि हो, एउटा किसानले आफ्नो हलोसँग गर्छ । अनि फेरि खोला र समुन्द्रको प्रेम हेर्नुस् सधै हजारौं माइल दौडदै बाटोमा आइपर्ने व्यबधानहरुलाई पन्छाउदै जसरी पनि पुग्छ । खोला समुन्द्र भेटनलाई । प्रेम यो पनि हो एउटा गायकले आफ्नो स्वरसँग गर्छ । प्रेम यो हो संगीतकारले आफ्नो धुनसँग गर्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई त्यसैले ऊ भनिरहेको हुन्छ जबसम्म तिमी छौ म बलिरहन्छु ।
प्रेम बहुमल्य छ भन्छन्, तर थाहा छैन त्यो प्रेमको मुल्य आज भोली कुन तराजुमा जोखेर हुदैछ या कसिमा घोटर । लाग्छ प्रेममा खिया लागेको छ । आकासको चम्किोलो तारमा बादलले छेकेर धमिल्याएको जस्तो । आजकल प्रेमको परिभाषा बदलिएको छ । विपरीत लिङगी प्रतिको आकर्षण नै प्रेम हो भन्छन् । क्षणीक सुख सुविधा दिनु लिनु र भौतिक उपहार र शारिरीक सन्तष्टि पाउनु प्रेम हो । कसैको मन र भावनासँग खेलवाट गनु प्रेम भन्छन् । प्राप्ति नै हो प्रेम भन्छन् । आज भोली प्रेम हुदैन गरिन्छ । प्रेममा मन को असर भन्दा पनि बाहिर कुराहरु धन सम्पती रुप आर्थिक अवस्थालाई हेरेर प्रेम गर्ने प्रचलन बढेको छ ।
यदि तिमी अरुलाई प्रेम गर्छौ भने पहिले आफूलाई प्रेम गर । यो नै प्रेम को सुरुवात हो । अरुलाई प्राप्त गर्न प्रेमको पछाडि नदौड । वास्तवमा हामी सानो सानो कुरामा मन दुखाइ रहन्छौ । कसैबाट धेरै कुराको आश राख्दछौ । अझ भनौ आफुले जति अरुलाई प्रेम गर्छौ ऊबाट पनि त्यति नै प्रेम हासिल होस् भन्ने चाहान्छौ । तब हाम्रो त्यो चाहाना पूरा हुन्न अनि हामी बहकिन्छौ । प्रेमकाे नाम दिएर मान्छेकाे भावना माथी सुनियाेजित प्रहार गर्छन् ।
अरुले आफुलाई प्रेम गरेन भनेर पीडित हुनु मिथ्या प्रेम हो । प्रेमको बदला प्रेम नै खोज्नु पनि बेक्कारको प्रेम हो । प्रेम माग्नु तर प्रेम नदिनु पनि मिथ्या प्रेम हो । प्रेम लिने कुरा होइन दिने कुरा हो । प्रेमको बदला प्रेम माग्नु भनेको व्यापार हो । प्रेममा दुबै जनाले माग्ने होइन दुबै जनाले दिने हुनुपर्छ । प्रेम दुई आत्माको मिलन हो भन्छन् प्रेमीहरु तर मिलन मात्र प्रेम हो भन्नू प्रेमप्रतिको भ्रम हो । मिलन एउटा पाटो हो प्रेमको तर पूर्णता होइन । प्रेम भनेको त्याग र बलिदान हो।
फुलले प्रशंसाका लागि कहिले सुगन्ध दिंदैन सुगन्ध छर्नु फुलको स्वभाव हो । त्यसैले मेरो विचारमा जीवन फुल हो भने प्रेम गर्नु स्वभाव हो । प्रेममा स्वार्थ, लालच, दवाव र कसैको प्रभाव आवश्यक छैन । कसैले मागोस् वा नमागोस् ।
हिन्दु धर्मका कथाहरुमा भगवान् श्री कृष्णले राधाको प्रेममा परेर पनि १६ हजार एक सय सात जना गोपिनी बिहे गरे तर आफूले चाहेको र माया गरेको राधालाई कहिले आफ्नो बनाउन सकेनन् ।
सेन्ट भ्यालेनटाइनले पनि प्रेमकै निमित्त आफूलाई समर्पण गरेको कारण फेब्रुअरी १४ अर्थात आजकै दिन संसार भर भ्यालेन्टाइन दिवस अर्थात प्रणय दिवसको रुपमा युवायुवतीले उनलाई सम्झने गरेका छ्न । साहित्य मा भेटिने मिठो रस हो प्रेम तर पनि विभिन्न चरण र बाध्यतामा परेको हुन्छ प्रेम । आमाले छोरालाई गर्ने प्रेम, दाजुभाईबीचको प्रेम दिदीबहिनीको प्रेम साथीसँगको प्रेम ।
प्रेम एक दुइ यो या त्यो सँग मात्र सिमीत छैन । प्रेम हामी जन्मदा संगै आएको छ बाबा,आमा, परिवार, छरछिमेक, नातागोता सँग । जन्मनु अघि पनि थियो भगवान सँगको प्रेम । र मरेपछि पनि रहन्छ । हरेकको मनमा मस्तिस्कमा ।
त्यसैले संसारमा जे छ जो छ जति सकिन्छ प्रेम दिऔं । बाड्दा घट्दैन प्रेम । प्रेम दिवस मनाएर संकृतिको बिकास हैन प्रेमिल संसकार बाढौं ।
सबै प्रेमिल मनहरुलाई आज प्रणय दिवसको शुभकामना।

