एकथान कुटवा पेस्तोलसहित पक्राउ


झापा –  भद्रपुर नगरपालिका-६ को नयाँ बस्तीमा एकथान कुटवा पेस्तोलसहित सशस्त्र प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २४ वर्षीय मुगाल माझी रहेको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वार्टर भद्रपुरका प्रवक्ता प्रेमबहादुर भण्डारीले बताए।

सशस्त्र प्रहरीले माझीले घरमा हतियार राखेको गोप्य सूचना पाए लगत्तै प्रवक्ता भण्डारीको नेतृत्वमा नौ जना सशस्त्र प्रहरीले टोली मुगालको घरमा पुगेको थियो ।

उनको घरको खानतलासी गर्दा एक थान कटुवा पेस्तोल फेला परेको हुँदा सो बरामद गरी आजै माझीसँगै जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको उनले बताए ।

प्रतिक्रिया