एकै दिन १५ सय रुपैँयाले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको भाउ १५०० रुपैँयाले बढेको हो ।

गत शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनको मूल्य गत सोमबारदेखि निरन्तर बढ्दै आएको छ । यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया