एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत र्‍याण्डी बेरी बालकोटमा भेटवार्ता


काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। स्रोतका अनुसार ओलीलाई भक्तपुरको बालकोटस्थित निवासमै गएर भेट गरेका छन्।

पूर्वप्रधानमन्त्री ओली र राजदूत बेरीबीच बिहान साढे १० बजेदेखि करिब एक घण्टा भेटवार्ता भएको थियो। अमेरिकी सहयोग परियोजना मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच मतान्तर भइरहँदा अमेरिकी राजदूत बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्।

एमालेले एमसीसी संसदबाट अनुमोदन गर्न समर्थन जनाएपनि पहिले सत्तारुढ गठबन्धनको धारणा आउनुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया