मोटरसाइकल चोरेर भाग्दै गरेका युवक पक्राउ


काठमाडौँ – मोटरसाइकल चोरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका १५ स्थित ओम होटल एण्ड पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको ना ६३ प ९२७४ नम्बरको पल्सर मोटरसाइकल चोरेर भाग्दै गरेका २० वर्षीय साहिल पटेललाई प्रहरीले पक्राउ गरेको हो।

बाराको परवानीपुर गाउँपालिका ५ घर भएका पटेललाई वीरगन्ज महानगरपालिका २१ का विश्वासप्रसाद पटेलको मोटरसाइकल चोरी गरेका पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको खनालले बताए।

प्रतिक्रिया