फागुन १ देखि फिल्म हल सञ्चालन गर्ने तयारी


काठमाडौँ – कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि बन्द गरिएका फिल्म हल आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन्। संक्रमणदर ओरालो लाग्दै गएपछि सरकारले फिल्म हल सञ्चालन गर्न दिने तयारी गरेको हो।

हल बन्द हुँदा रोकिएका पुराना फिल्म प्रदर्शन गर्दै हल खुलाउने तयारी भएको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले जानकारी दिए।

हिन्दी फिल्म ‘पुष्पा’, नेपाली फिल्म ‘चपलीहाइट ३,’ लगायतका फिल्म प्रदर्शन गर्दै हल खोल्ने तयारी सञ्चालकहरुले गरेका छन्।

हल खुल्ने निर्णयसँगै फिल्म प्रदर्शन गर्ने कुराले फिल्मकर्मी खुसी भएका छन्। कोरोना संक्रमणको पहिलो लहर सुरु भएपछि फिल्म उद्योग नराम्ररी थला परेको छ। यसबीचमा धेरै फिल्म हल सधैँको लागि बन्द भएका छन्।

प्रतिक्रिया