
कमल थापाले पार्टी छाड्ने बित्तिकै रेखा थापाले लेखिन्…
काठमाडौं – राप्रपा नेता कमल थापाले पार्टी छाडेलगत्तै रेखा थापाले ‘हर कसैका दिन आउने दिन झन् राम्रा हुनेछन्’ भनेकी छिन् ।
संयोग हो वा के हो, राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टी त्यागेको घोषणा गरेको केही मिनेटपछि राप्रपा महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रेखा थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् ।
उनले लेखेकी छिन्, ‘जिवित छौ र पो सपना देख्छौ, खेल बाँकी छ र पो जित्ने हौसला राख्छौ, हर कसैका आउने दिन झन राम्रा हुनेछन्, सिर्फ मन थाक्नु भएन’ भनेर लेखेकी छिन् ।
उनको यो अभिव्यक्ति कमल थापा प्रति लक्षित थियो या थिएन, त्यो आफैं जानुन्…



कागजपत्र |
