१५ अंकले बढ्यो नेप्से, ५ अर्ब कारोबार


काठमाडौं – साताको दोस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार १५.६९ अंकले बढ्दै सुधार देखिएको हो । यससँगै नेप्से परिसूचक २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३‍।०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो । आइतबार करिब ६ अर्ब पुगेको शेयर कारोबार रकम सोमबार भने ५ अर्बमा सीमित भएको छ ।

दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया