

घोराही बसपार्कबाट आठ किलो चरेससहित एक जना पक्राउ

दाङ – प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रुकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले आज (सोमबार) दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दै छ ।

