खुल्याे हिमपातका कारण चार दिनदेखि बन्द जयपृथ्वी राजमार्ग


बझाङ – चार दिनदेखि बन्द रहेकाे बझाङकाे जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएकाे बिहीवारदेखि परेकाे हिमपातका कारण बन्द रहेकाे राजमार्ग आज आइतवारदेखि सञ्चालनमा आएकाे हाे ।

राजमार्ग सञ्चालनमा आएपछि चर दिनदेखि अलपत्र परेका यात्रुहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले बताए । हिमपातका कारण चिसो निकै बढेको र बाटोमा राम्रो बस्ने ठाँउसमेत नभएका कारण निकै समस्या खेप्नुपरेको यात्रु रमिला बोहराले बताए।

राजमार्ग बन्दा हुँदा धनगढी, महेन्द्रनगर, काठमाडाैंबाट भित्रिने साना–ठूला सबै गाडी बैतडीको आलु गैरा भन्ने ठाँउमा रोकिएका थिए । यस्तै बझाङबाट बाहिरी जिल्ला जाने साना-ठूला गाडी बैतडीकै रमिलापुर भन्ने ठाँउमा रोकिएका थिए । बैतडीको राजमार्ग भने हिजाे शनिवारदेखि नै सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया