हेटौंडामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक पुरुषको मृत्यु


मकवानपुर – मकवानपुरको नेवारपानीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीमा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउँसो मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल-०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा स्कुटर चालक हैटौंडा–१० टिसिएन रोड बस्ने अन्दाजी ५१ वर्षका बुद्धिबहादुर श्रेष्ठ (जेठा दाई) रहेको प्रहरी निरीक्षक दासले बताए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ । ठक्कर दिने ग्यास बुलेट र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया