


झारफुकको क्रममा बालिकाको हत्या आरोपी ‘माता’ जेल चलान

काठमाडौं – झारफुक गर्नेक्रममा बालिकाको हत्या गरेको आरोप लागेकी ‘माता’ उमा ठकुरी जेल चलान भएकी छिन् । काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश गर्दै ठकुरीलाई जेल चलान गर्ने निर्णय सुनाएको हो ।
नागार्जुन नगरपालिका-१ रानीवनमा झारफुकका लागि राखिएकी एक १४ वर्षीया बालिकाको पुस २३ गते उपचारका क्रममा मृत्यु भएको थियो।प्रहरीले हत्या आरोपमा मातालाई पक्राउ गरेको थियो ।

