मलद्वारमा लुकाएको १ किलोबढी सुनसहित एयरपोर्टबाट ३ पक्राउ


काठमाडौं – काठमाडौंको त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा १ किलो १ सय ५५ ग्राम सुन सहित विदेशबाट नेपाल  आउँदै गरेका तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा  दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। शेर्पाले सारजहाबाट फर्किदा मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका थिए।

त्यस्तै, साहको साथबाट प्रहरीले सुनको औँठी र सिक्री गरेर ५० ग्राम सुन बरामद गरेको थियो। परियारले पनि ५० ग्रामको बेरुवा औँठी ल्याएका थिए। त्यस्तै, प्रहरीले ४ वटा आइफोन समेत बरामद गरेको छ।

थप अनुसन्धानको लागि प्रहरीले बरामद सुन र मानिस भन्सार कार्यालयलाई बुझाएको छ।

प्रतिक्रिया