बलात्कारको आरोपमा म्यानचेस्टर युनाइटेडका खेलाडी पक्राउ


काठमाडाैँ – म्यानचेस्टर युनाइटेडका मासोन ग्रीनवुड बलात्कारको आरोपमा पक्राउ परेका छन्। ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार सामाजिक सञ्जालमा एक महिलाले ग्रीनवुडले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै फोटो तथा भिडियो पोस्ट गरेकी थिइन्।

प्रहरीले यस विषयमा थप अनुसन्धानका लागि भन्दै ग्रीनवुडलाई पक्राउ गरेको हो। उनी अहिले प्रहरी हिरासतमै रहेको र अनुसन्धानको काम चलिरहेको प्रहरीले बताएको छ। यसअघि म्यानचेस्टर युनाइटेडले एक सूचना जारी गर्दै ग्रीनवुड अर्को सूचना जारी नहुँदासम्म प्रशिक्षणमा नआउने बताएको थियो।

क्लबले आफूहरु कुनै पनि किसिमको हिंसाको समर्थन नगर्ने र सत्यतथ्य बाहिर नआउँदासम्म यस विषयमा थप प्रतिक्रिया दिन नसकिने बताएको छ।  ग्रीनवुडले भने आफूमाथि लागेको आरोपबारे मुख खोलेका छैनन्।

प्रतिक्रिया