
एक प्रहरीसहित दुईजना मृत फेला
पर्सा – पर्सामा दुईजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको थिए।
उनका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामै उनलाई नारायणी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
मृतक प्रहरी जवानको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले बताए।
सैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीको ना५ख ७७६ नम्बरको बसमा एक भारतीय मृत फेला परेका छन्।
बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए। मृतकको शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ।



कागजपत्र |
