
बसले ठक्कर दिँदा भक्तपुरमा एक महिलाको मृत्यु
काठमाडौँ – भक्तपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सूर्यविनायकको बाँसघारीमा बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बनेपाबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३० २० नम्बरको बसले बा ७० प ९१ ३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछिल्लो सिटमा बसेकी दोलखाको गौरीशंकर गाउँपालिका घर भई हाल भक्तपुरको नलिञ्चोक बस्ने ४० वर्षकी गंगा बस्नेतको मृत्यु भएको हो।
बस चालक काभ्रेको बनेपाका रवीन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको छ। मोटरसाइकल चालकको अवस्था भने सामान्य छ।



कागजपत्र |
