अनि एमाले महासचिवले लेखे : स्थानीय निर्वाचन सार्ने प्रयास असफल भएपछि . . .


काठमाडाैँ – नेकपा एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन स्थानीय तहको चुनाव टार्न असफल भएको टिप्पणी गरेका छन्। शनिबार पाँचदलीय गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि एमाले महासचिव पोखरेलले प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ– जेठअगावै चुनाव गर्ने’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हो, यसैलाई भनिन्छ जनमतको तागत।’

प्रतिक्रिया