कट्रिनादेखि प्रियंकासम्मः कसको विकिनीको मूल्य कति ?


नयाँदिल्ली – बलिउड नायिकाहरुको बिकिनी पोज सधैं चर्चामा आउने गर्दछ । यसैबीच केही साताअघि मात्र विवाह बन्धनमा बाँधिएकी कट्रिना कैफ पछिल्लो समय विकिनीकै कारण चर्चित बनेकी छिन् । आउनुहोस् आज बलिउड नायिकाहरुले लगाएका केही बिकिनीका मूल्यका बारे चर्चा गरौं ।

कट्रिना कैफः विवाह भएको केही सातापछि नै एक विज्ञापनका लागि बिकिनीमा देखिएकी कट्रिनाले लगाएको बिकिनीको मूल्य १७४४० परेको बताइएको छ । निलो रंगको उक्त बिकिनी कट्रिनाले माल्दिभ्समा एक विज्ञापनको सुटिङका क्रममा लगाएकी थिइन् ।

जाह्नवी कपूरः किशोर किशोरीहरुकी नायिका जाह्नवी कपुरले केही समयअघि पोष्ट गरेको बिकिनीको मूल्य २८ हजार परेको जनाइएको छ । उनले स्विमिङ पुलमा गरेको उक्त फोटो सेसनमा जाह्नवी निकै सेक्सी देखिएकी छिन् ।

अनन्या पाण्डेः आउँदै गरेको फिल्मको प्रमोशनका लागि लागिरहेकी नायिका अनन्या पाण्डेले विकिनी भेषमा सेक्सी पोज दिएकी छिन् । उनले लगाएको बिकिनीको मूल्य नेपाली रुपैयाँ २६००० पर्ने जनाइएको छ ।

दिशा पाटनीः बलिउड नायिका दिशा पाटनीले छुट्टीको समयमा जाँदा बिकिनीमै सजिएकै हुन्छिन् । उनले छुट्टीमा आफूले लगाएका बिकिनीहरुको फोटो सामाजिक सञ्जालमा राखेर आप्mना प्mयानहरुको ध्यान आकर्षित गर्ने गर्दछिन् । उनले हालै सार्वजनिक गरेको सुन्दर रंगको बिकिनीको मूल्य २० हजार पर्ने जनाइएको छ ।

सारा अलि खानः सेफ अलि खानकी छोरी एवं नायिका सारा अलि खान पनि बेलाबखत बिकिनीमा देखा पर्ने गरेकी छिन् । चटपटे एवं भर्खरकी नायिका खानले हालैमात्र सुन्तला रंगको बिकिनी लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन् त्यसमो मूल्य १६ हजार ५ सय भन्दा बढी परेको जनाइएको छ ।

प्रियंका चोपडाः बलिउड एवं हलिउड सुन्दरी नायिका प्रियंका चोपडा बेलाबखत बिकिनीकै कारण सञ्चारमाध्यममा छाउने गरेकी छिन् । उनले लगाएको रातो रंगको स्वीमसुटको मूल्य ४५ हजार रुपैयाँ भन्दा बढी मूल्यको रहेको जनाइएको छ ।

प्रतिक्रिया