गरिमा शाह जाे प्रतिनिधिसभा चुनावमा पराजित, तर राष्ट्रियसभा सदस्यमा भइन् विजयी


धनगढी – प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीसँग पराजित भएकी गरिमा शाह राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी भएकी छन् ।

बुधवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । शाह नेकपा एकीकृत समाजवादी (एस) की केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन् । उनी सत्ता गठबन्धनबाट महिला तर्फकी उम्मेदवार थिइन् ।

शाह प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।

गरिमा शाह प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिए पनि हारेकी थिइन् ।

प्रतिक्रिया