देशभर थप ५८८ संक्रमित, थप ११ जनाको मृत्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ५८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १०९७  जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ८८ पुगेको छ।

प्रतिक्रिया