संसद विघटनविरुद्ध नेकपा विद्यार्थीले काठमाडौंमा गरे आन्दोलन


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थीले काठमाडौंमा आन्दोलन गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सदन विघटन गरी १७ र २७ वैशाखका लागि दुई चरणको निर्वाचन घोषणा गरेकोविरुद्ध नेकपा विद्यार्थीले प्रदर्शन गरेका हुन्।

यस्तो सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका विद्यार्थीले उक्त निर्णय फिर्ताको माग समेत गरेका थिए।

प्रतिक्रिया