

निर्वाचन आयोग सदस्यमा डा. तुलाधर र भण्डारी सिफारिस

काठमाडौं – संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ ।
संवैधानिक परिषद्को मंसिर ३० को बैठकले निर्वाचन आयोगको सदस्यमा डा. जानकी तुलाधर र रामप्रसाद भण्डारीको नाम सिफारिस भएको छ ।
त्यसअघि संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्द सिफारिस भएका छन् ।

