आज हुने राष्ट्रियसभा निर्वाचन विवेकशील साझाले बहिष्कार गर्ने


काठमाडौँ – विवेकशील साझा पार्टीले आज हुने राष्ट्रिय सभा सदस्य निर्वाचन बहिष्कार गर्ने भएको छ। विवेकशील साझाका बागमती प्रदेशमा मात्रै मतदाता छन्। विवेकशील साझाको बागमती प्रदेश समितिले राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।

विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नदिइएको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।

उसले सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचनमा नो भोटको व्यवस्था गरिनुपर्ने माग गर्दै आएको छ। तर आदेश कार्यान्वयन नगरी हालसम्म पनि पुरानै ढर्रामा निर्वाचन गरिनु विडम्बनापूर्ण भएको विवेकशील साझाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया