६ महिनामै नेपालीले किने २५ अर्ब ६२ करोडको मोबाइल


काठमाडाैँ – पछिल्लो ६ महिनामा मात्रै ३५ लाख ६४ हजार मोबाइल सेट नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार २५ अर्ब ६२ करोड रुपैयाँको मोबाइल आयात भएको हो।

नेपालमा चिनियाँ मोबाइल ब्रान्डको बजार हिस्सा बढी रहेको छ। गतवर्षको तथ्यांक अनुसार आइटेल १७ प्रतिशत, एमआई १३ प्रतिशत, १२ प्रतिशत लाभा, सामसुङ ८ प्रतिशत, टम्बो ७ प्रतिशत, भिभो ३ प्रतिशत, किवी, रियलमी २ प्रतिशत आयात भएका छन्।

गत आर्थिक वर्ष ३६ लाख ६४ हजार मोबाइल आयात भएका थिए। जसको आयात भ्यालु २० अर्ब ६३ करोड रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०७६/७७ मा २९ लाख ६८ हजार मोबाइल आयात भएका थिए। उक्त वर्ष ११ अर्ब ८६ करोड बराबरको मोबाइल आयात भएको थियो।

प्रतिक्रिया